अमेरिका– अमेरिकामा पछिल्लो क्रममा कोरोनाको नया ओमिक्रोन तिव्र रुपमा फैलिरहेको छ ।
अमेरिकाका वरिष्ठ संक्रमक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले शुरुवाती संकेतमा यो भेरियन्ट डेल्टा भन्दा कम खतरनाक रहेको बताएका छ्न । यो भेरियन्टबाट झण्डै दुई दर्जनको हाराहारीमा अमेरिकामा संक्रमित भएका छन् । तर गंभीर भएर कसैलाई पनि अस्पताल भर्ना गरिएको छैन । तर पनि डा फाउचीले यसको गंभीरता बारे निष्कर्ष निकाल्नु अधिक जानकारी र अध्ययन अझै आवश्यक भएको बताएका छन् ।
दक्षिण अफ्रिकामा संक्रमण दर उच्च भएपनि त्यहा“को रिपोर्ट अनुसार पनि गंभीर भएर अस्पताल भर्ना हुने संक्रमीत दर उच्च नभएको फाउचीले बताए । तर डा फाउचीले यसबारेमा निष्कर्ष निकाल्नु अघि पहिला सबैले सावधानी भने अपनाउनु पर्ने बताएका छन् । उनले अफ्रिकी देशमा लगाएको यात्रा प्रतिबन्ध हटाउने विचार समेत गरेका छन् ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...