अमेरिकामा ग्यास स्टेारका व्यवसायी अमित कुमारकेा गेाली हानी हत्या
अमेरिका– अमेरिकाको पुर्वी कोलोम्बसमा एक भारतीय मुलका ४५ वर्षिय शेभरन ग्यास
स्टोर मालिक अमीत कुमार पटेलको लुटपाटको दौरान अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका छन्
सोमबार उनको भिस्टा रोडको सिनोभस बैकको बाहिर पटेलको हत्या भएको हो ।
उनलाई बैकको प्रवेशद्धारमा गोली लागेपछि घटनास्थलमै ज्यान गएको थियो ।
उनका व्यवसायी साझेदार विनी पटेलका अनुसार बैकमा स्टोरको पैसा जम्मा
गर्न गएको बेला उनी माथि गोली प्रहार भएको थियो । बैक भित्र प्रवेश गर्नु
अघि नै उनी माथि गोली प्रहार भएको थियो ।
सुटरले उनी संग भएको नगद समेत लुटपाट गरेर बैकको ढोकामे गोली प्रहार गरेको थियो ।
विनी र उनले ६ बर्ष देखि साझेदारीमा व्यवसाय चलाएका थिए ।
पटेललाई गोली हानी हत्या गरिएको दिन छोरीको जन्मदिन थियो ।
उनी छोरीको तीन वर्षको जन्मदिन मनाउने कार्यक्रम समेत तय गरेका थिए ।
उनी भारतको गुजरातका स्थायी बासिन्दा थिए । तीन साता अघि पनि डयालसमा
एक भारतीय स्टोर मालिकको गोली हानी हत्या गरिएको थियो ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...