अमेरिकाको क्यालिफोर्नियामा लागेको भीषण आगलागीबाट करोडौको क्षति पुगेको छ ।
बुधबार देखि लागेको क्यालिफोर्नियाको जंगलमा लागेको आगो फैलिएर लस एजन्जलसमा पुगेर करोडौको क्षति पुगेको हो । यो भीणण आगलागीबाट किनसेड र लसएन्जसलस क्षेत्र बढी प्रभावित भएका छन् ।
आगलागीले करोडौको घर जलेर खरानी हुनुका साथै हलिउडका सेलिब्रेटीहरुलाई घरबाट निकालेर अन्यत्र सारिएको छ । आगलागीबाट प्रदुषण बढेर विद्यालयहरु बन्द हुनुका साथै आपकाल समेत सरकारले घोषणा गरेको छ ।


यो भीषण आगलागीबाट सोनाम काउन्टी बढी मात्रमा प्रभावित भएको छ । यो काउन्टी वियर र मदिरा उत्पादनका लागी प्रख्यात छ । आगलागीको घटनामा परेर तीन जनाको ज्यान अहिलेसम्म गइसकेको छ । मानवीय क्षति कम भए पनि भौतिक क्षति भने अधिक भएको छ । यसरी लागेको आगो ८ हजार ८ सय हेक्टर जमीनमा फैलिएर गएको छ । यो आगलागीलाई गेटी फायर नामकरण गरिएको छ । लसएन्जल्समा फैलिएको यो आगो अन्यत्र पनि फैलिदै गएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
आगलागीबाटछ प्रभावित झण्डै १० हजार घर खाली गर्न लाई स्थानिय प्रशासनले आग्रह गरेको छ । आगलागीबाट झण्डै १ सय ५० वर्ष पुरानो मदिराको काराखाना संगै अन्य भौतिक संरचना जलेर खरानी भएको छ । आगलागीबाट घुवा फैलिएपछि वातावरणमा समेत व्यापक प्रदुषण फैलिएको छ । आगो फैलिएपछि धनजनको क्षति कम गर्न बिजुलीको प्रवाह काटिएको छ ।


अघिल्लो वर्ष पनि क्यालिफोर्नियामा जंगलमा भीषण आगलागी हुदा ८५ जनाको ज्यान गएको थियो ।

तस्वीर एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected