अमेरिका– अवैध तवरले अमेरिका आउने क्रम बढेको छ । यसरी सिमा पार गरेर अमेरिका आउन थालेपछि अमेरिकाले कडाइ समेत गरेको छ । धमाधम सिमा क्षेत्रमा निगरानी बढाएर पक्राउ गरिरहेको छ । यसै बीच
हिडेर अमेरिका प्रवेश गर्न लागेका गैरकानुनी आप्रवासीलाई अमेरिकाको सिमा सुरक्षा बलले पक्राउ गरेको छ ।
सिमा क्षेत्रमा गस्तीका क्रममा तीन दिनमा ३ हजार भन्दा बढीलाई पक्राउ गरिएको सिमा सुरक्षा बलले उल्लेख गरेको छ । यही डिसेक्बर तीन देखि पाच तारिखमा गस्तीका क्रममा हिडेर अमेरिका प्रवेश गर्न लागेका गैरकानुनी आप्रवासीलाई पक्राउ गरिएको हो ।
टेक्ससको डेल रियो सेक्टरमा झण्डै ४० देशका गैरकानुनी आप्रवासीलाई पक्राउ गरिएको समाचार स्रोतले बताएको छ । यसरी पक्राउ परेकामा परिवार सहित आएका र एकल रुपमा आएका व्यक्तिहरु छन् । यसरी पक्राउ परेकामा ८ जना तीन देखि १३ वर्षका बालबालिका समेत रहेका छन् ।
छोटो समयमा ठुलो संख्यामा आप्रवासी पक्राउ परेपछि सिमा सुरक्षा गस्ती प्रमुख जेसन डी ले सुरक्षाकर्मिको कामको ठुलो प्रशसा गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected