अमेरिका– कोरोनाभाइरसको नया भेरियन्ट ओमिक्रोन बुधबारको तथ्याङक अनुसार ५७ वटा देशमा फैलिसकेको छ । विश्व स्वास्थय संगठनले दुई साता मै यो भेरियन्ट ५७ वटा मुलुकमा फैलिएको बताएको हो । अमेरिकामा पनि यो भेरियन्ट १९ राज्यमा फैलिसकेको छ । अमेरिकामा अहिले कोरोनाबाट हरेक दिन एक लाख मानिस संक्रमित भइरहेका छन् ।
अमेरिकी सरकारको आधिकारिक तथ्याङक अनुसार हरेक दिन यसरी बढेको कोरोना संक्रमण ९९ प्रतिशत डेल्टा भेरियन्ट रहेको छ । अमेरिकामा ओमिक्रोनको त्रास संगै धेरैले अहिले बुष्टर डोज धमाधम लगाउन थालेका छन् । यहा“ अहिले हरेक दिन नै १० लाख मानिसले बुष्टर डोज लगाउन थालेका छन् ।
कोरोनाको नया भेरियन्ट ओमिक्रोनलाई रोक्न कोरोना भ्याक्सिन कति प्रभावकारी छ भन्ने बारेमा पनि अमेरिकामा अहिले अध्ययन भइरहेको छ। । यसैले पनि बढी भन्दा बढीलाई भ्याक्सिन लगाउन अमेरिकी सरकारले अनुरोध गरिरहेको छ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...