अमेरिकाले १५ करोड मानिसलाई पुग्ने खानेकुरा वर्षेनी खेरा फाल्दै
अमेरिका– अमेरिकाले वर्षेनी १५ करोड मानिसलाई पुग्ने खानेकुरा फाल्ने गरेको तथ्याङक सार्वजनिक भएको छ ।
अमेरिकाको वातावरण सम्बन्धी अध्ययन र काम गदै आएको इपिएच नामक संस्थाले एउटा प्रतिवेदन सार्वजनिक गदै यस्तो खुलासा गरेको हो । अमेरिकामा हरेक वर्ष ७ करोड ३० लाख देखि १५ करोड २० लाख मेट्रिक टन खाद्यन्न हिनामिना हुने गरेको छ यो हिनामिना भएको खाना १५ करोड अमेरिकीलाई पुग्ने इपिएचले जनाएको छ । यो तथ्याङकलाई हेर्दा अमेरिकाले उत्पादन हुने खानेकुराको एक तिहाइ खेरा फाल्ने गरेको छ।
यसरी खाद्यन्न हिनामिना हुदा अमेरिकालाई लाखौ डलर नोक्सानी ंसंगै वातारवरणमा समेत नकारात्मक प्रभाव परेको छ।
अमेरिकाले २०३० सम्म खाद्यन्न फोहोर आधा घटाउने बताउदै आएको छ । तर त्यो प्रतिवद्धता कार्यान्वयन हुने नहुने अझै अन्यौल रहेको छ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















