अमेरिका आउदै गरेका गैरकानुनी आप्रवासी चढेको ट्रक पल्टिदा ५४ को मुत्यु
अमेरिका– गैरकानुनी रुपमा आप्रवासी लिएर अमेरिका आउदै गरेको कार्गो ट्रक मेक्सिको चियापासमा दुर्घटनाग्रस्त हुदा ५४ जना आप्रवासीको मुत्यु भएको छ उक्त दुर्घटनामा एक सय भन्दा बढी घाइते भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । घाइते मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको बताइएको छ । दुर्घटनामा परेर ज्यान गुमाउनेमा अधिकांश मध्य अमेरिकी देशका आप्रवासी रहेका छन् । उदुर्घटना ग्वाटेमाला सिमाको मेक्सिको क्षेत्रको चियापासमा भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा पुरुष, महिला तथा बालबालिका रहेको मेक्सिको सरकारले जनाएको छ ।
मृतकहरु सबैको पहिचान भएको छ । यो अमेरिका आउदै गरेका कागजबिहिन आप्रवासी दुर्घटना परेर ज्यान गुमाएको २०१० यताको ठुलो दुर्घटना भएको बताइएको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...