टेक्ससमा एक पलम्बरले बाथरुम मर्मत गर्दा भित्तामा फेला पारे ६ लाख डलर रकम
अमेरिका– तपाईले कहि कतै ठुलो रकम फेला पार्नु भयो भने के गर्नुहुन्छ । आफै खर्च गर्नुहुन्छ की सम्बन्धी ठाउमा फिर्ता गर्नुहुन्छ । कतिपयले भने फिर्ता नगरी खर्च पनि गरिदिन्छन् । तर अमेरिकामा यस्तै एउटा घटना भएको छ । एक जना युवाले अचानक फेला परेको रकम इमान्दारिता पुर्वक फिर्ता गरेका छन् ।
अमेरिकाको टेक्ससको हयुस्टनका पलम्बरके काम गर्ने जस्टिन काउलीले एउटा चर्चको बाथरुमको भित्तामा लुकाइ राखेको ६ लाख डलर रकम फेला पारेका छन् । उनले लेकउड चर्चको बाथरुममा पलम्बरको काम गर्ने क्रममा यतिका रकम फेला पारेका हुन ।
डेली स्टारको एक रिपोर्ट अनुसार यसरी फेला परेको रकम सात वर्ष अघि चर्चकै एक जना सेफबाट चोरी भएको थियो । रकम हराएपछि खबर दिनेलाई जाच एजेन्सिले तत्कालिन समयमा तीन हजार डलर तथा चर्चले १५ हजार डलरको पुरस्कार दिने घोषणा गरेको थियो । चर्चको बाथरुम मर्मत गर्न आएका जस्टिनले उक्त रकम फेला पारेका हुन । चर्चले अहिले उनलाई २० हजार डलर पुरस्कार दिएको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...