केारेाना महामारी झेलिरहेकेा ब्राजिलमा पनि ओमिक्रेान भेरियन्ट देखियेा
बिश्वमा केही समयदेखि (कोभिड-१९) कोरोना भाइरसको कमि भएतापनि अझैपनि कोरोनाको पुर्ण रुपमा निर्मुल हुन भने सकिरहेको छैन । यस्तो अवस्थामा झन केही समयदेखि नयाँ भाइरस देखा परि बिश्वलाई नै त्रसित बनाएको छ । कोरोना भाइरसको निर्मुल हुन नपाउदै केही समयदेखि बिश्वका केही देशहरूमा कोरोना भाइरस जस्तै अर्को भाइरस ओमिक्रोन देखा परेको छ । पहिलो पटक दक्षिण अफ्रिकामा यो भाइरस देखा परेको पुष्टि भएपनि अहिलेसम्म बिश्वका धेरै देशमा यो भाइरस फैलिसकेको छ ।
एक हप्ता अगाडि यो ओमिक्रोन भाइरस ब्राजिलमा पनि देखा परेको छ । ब्राजिलको पर्यटकिय स्थल रियो द जेनेरियोमा पहिलो पटक यो भाइरस दुई जना ब्याक्तीमा देखिएको थियो । दक्षिण अफ्रिकाबाट भ्रमण गरी ब्राजिल फर्केका ती दुई ब्याक्तीले ओमिक्रोनको परीक्षण गर्दा ब्राजिलमा ओमिक्रोनको पहिलो केस पत्ता लागेको हो । यो ल्याटिन अमेरिकामा ओमिक्रोनको पहिलो पुष्टि भएको केस पनि थियो । हालसम्म ब्राजिलको स्वास्थ्य मन्त्रालयले ओमिक्रोनको सातवटा केसकेा पुष्टि गरेको छ । अहिलेसम्म ओमिक्रोन भेरियन्ट ब्राजिल भरि नै फैलिएको आशंका गरिएको र यस भाइरसबाट सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले सबैलाई अनुरोध गरेको छ । ब्राजिलले कतिपय देशबाट आवतजावत गर्न हवाईयात्रा पनि रोकिसकेको छ । ब्राजिल सहित सम्पुर्ण दक्षिण अमेरिकी देशले दक्षिण अफ्रिका, बोत्सवाना, इस्वाटिनी, लेसोथो, नामिबिया र जिम्बावेबाट आउने वा रोकिने सबै उडानहरू अवरुद्ध गरिसकेको छ ।
झन्डै दुई बर्षको अबधिमा ब्राजिलले कोरोना महामारीबाट धेरै पिडा भोगी सकेको छ । यस माथी ब्राजिलमा थप नयाँ भाइरस ओमिक्रोन देखा पर्ना साथ ब्राजिलबासीहरु त्रासित भएका छन् । आफूलाई कसरी सुरक्षीत राख्ने भन्ने बारे सतर्कता अपनाउन थालेका छन् ।
अहिलेसम्म ब्राजिलमा ७५% ले कोरोना भाइरस विरुद्धको पुर्ण खोप लाइसकेको भएपनि कोरोना महामारी सुरु भएदेखी अहिलेसम्म अझै पनि दैनिक १०/१२ हजार जना कोरोना संक्रमीत हुने गरेका छन् भने दिनहु २ सयको आसपासमा मानिसहरुको मृत्यु भइरहेको छ । अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसको संक्रमीतबाट ६ लाख १७ हजारको मृत्यु भएको छ भने २ करोड २१ लाख ८५ हजार कोरोनाबाट संक्रमीत भएका छन् ।