अमेरिका– अमेरिकाको केन्टुकी राज्य सहित मध्य र दक्षिण अमेरिकाको केही भागहरुमा आएको विनाशकारी आधीहुरीले झण्डै ५० जनाको ज्यान गएको छ ।
शुक्रबार राती अबेर देखी आएको आधीले ले यस्तो क्षति पुगेको स्थानिय सरकारले जनाएको हो ।
राज्यका गर्भनर एन्डी बेशियरले अधिकांश क्षति ग्रेव्स काउन्टीमा भएको बताएको छ । मिसौरीको सेन्ट चाल्र्स तथा सेन्ट लुइस काउन्टीको केही हिस्सामा ७० माइल प्रतिघन्टाको रफतारमा हावा चलेको छ । अर्कान्सस इलिनोइज टेनिसी तथा मिसौरीमा क्षति पुगेको छ । घाइतेहरुले चाल्र्स काउन्टीका अस्पतालहरुमा भर्ना गरिएको छ । आधीले धेरै घरहरु क्षतिग्रस्त भएका छन् ।

समाचार स्रोत अनुसार सबैभन्दा बढी क्षति केन्टकीको मैनबत्ति कारखाना, पश्चिम इलिनोइसको अमेजनको गोदाम र अर्कान्ससको एउटा नर्सिङ होम भत्केको छ । भग्नावशेसमा पुरिएका मानिसहरुलाई निकाल्ने काम भइरहेको छ ।
आधीहुरीका कारण लाखौ घरमा बिजुली जादा अन्धकार छाएको छ । मौसमविद का अनुसार ओहायो र टेनिसीको केही भुभागमा पनि तिव्र आधी आउन सक्ने चेतावनी दिएका छन् । अहिलेसम्म अमेरिकाको ३० भन्दा बढी राज्यमा विनाशकारी आधी फैलिएको रिपोर्ट छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected