टेक्सस– अमेरिकामा महिना दिनमा सवारी दुर्घटनामा तीन नेपालीले ज्यान गुमाएका छन् ।
गएको शुक्रबार राती सडक दुर्घटनामा नेपाली उबर चालक समेत रहेका ३१ वर्षिय सुनिल बराईलीको ज्यान गएको छ ।
किंग्सभिल एमडी बेलयर रोडमा तिव्र गतिमा आएको सवारीले बराइलीको कारलाई ठक्कर दिएको थियो । विपरीत दिशाबाट आएको कारले बराइलीको कारलाई ठक्कर दिदा उनको घटना स्थलमै मुत्यु भएको मेरिल्यान्डका नेपाली समाजसेवी राजेन्द्र सेन्चुरीले संचारमाध्यमहरुलाई जानकारी दिएका छन् । मृतक बराइली परिवार सहित मेरिल्यान्डमा बसोबास गदै आएका थिए ।
एक साता अघि नै अमेरिकाको न्युजर्सिमा सडक दुर्घटनामा परेर ६४ वर्षका आङकामी शेर्पाको निधन भएको थियो । सखुसभा घर भएका शेर्पाको न्युजर्सिमा काममा जाने क्रममा बाटो काट्दा सवारीले ठक्कर दिएपछि निधन भएको थियो ।
शेर्पा १२ वर्षदेखि अमेरिकाको न्युयोर्कमा सपरिवार बसोबास गदै आएका थिए ।
१५ दिन अघि नै अमेरिकाको मेरिल्यान्डमा बाटो काटने क्रममै सवारीले ठक्कर दिदा नेपाली महिला ४० वर्षिया वर्षा खडका प्रसाईको ज्यान गएको थियो । मेरिल्यान्डको प्रिन्स जज काउन्टीमा काटो काटदा उनलाई सवारीले ठक्कर दिएको थियो । बासिङटन डिसी स्थित इन्टनरनेशन ओर्गानाइजेशन फर माइग्रेसनमा उनी कार्यरत थिइन ।
अमेरिकामा कार दुर्घटना विकराल बनिरहेको छ । वर्षोनी हजारौले कार दुर्घटनामा ज्यान गुमाइरहेका छन् । फराकिलो सडक तथा तिव्र गतिले दुर्घटना बढीरहेको छ । अमेरिकामा बसोबास गदै आएका नेपालीले पनि सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected