अमेरिका– अमेरिकामा कोरोना महामारीले अहिलेसम्म आठ लाख मानिसले ज्यान गुमाइसकेका छन् ।
एक तथ्याङक अनुसार ७३ दिनको दौरान एक लाख मानिसको कोरोना संक्रमणबाट ज्यान गएको छ । हरेक दिन जसो एक लाख भन्दा बढी मानिस अमेरिकामा कोरोनाबाट संक्रमित भइरहेका छन् । अधिकांश संक्रमण डेल्टा भेरियन्टको रहेको छ ।
चिसो बढेसंगै ओमिक्रोन भेरियन्टको प्रवेश संगै झनै संक्रमणको दर बढने आंशका व्यक्त गरिएको छ।
अमेरिकामा यतिबेला ओमिक्रोन भेरियन्ट भित्रिएपछि कोरोना भ्याक्सिनको बुष्टर डोजको व्पापकता बढेको छ । अमेरिकामा १६ देखि १७ वर्षका किशोर किशोरीहरुका लागी पनि बुष्टर डोज प्रयोगका लागी अनुमति दिइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected