अमेरिका– नेपालीमा जारी नेपाली काग्रेसको १४ औ महाधिवेशनमा अमेरिकाको नागरिकता लिएका विदेशी नागरिकले पनि मतदान गरेको प्रमाण फेला परेको छ ।
नेपाल जनसम्पर्क समिति अमेरिकाबाट सहभागी भएका १४ जना महाधिवेशन प्रतिनिधी मध्ये एक जना न्युयोर्क निवासी विश्वराज बास्तोला भएको प्रमाण फेला परेको हो । उनको अमेरिकी नागरिकताको फोटोकपि युएसनेपाल पोष्टलाई प्रमाणको फेला परेको छ ।
नेपालको संविधान अनुरुप विदेशी नागरिकता लिएको व्यक्तिले नेपालमा मतदान गर्न पाउने अधिकार छैन । यसरी मतदान गर्नु नेपालको कानुन विपरीत र गैरकानुनी काम हो । तर बास्तोला मतदानमा सहभागी भएका छन् ।
अहिले अमेरिकाको जनसम्पर्क समितिमा भाडभैलो भएको छ । जनसम्पर्क समितिका काग्रेसीहरु दुई चिरामा विभाजित छन् । महाधिवेशन प्रतिनिधि छनौटमा मनोमानी गरेको भन्दै अर्को थरि विरोधमा उर्तिएका छ्न । त्यही अनुरुप पोल खोला खेल गर्ने क्रममा यो विदेशी नागरिकले नेपालमा काग्रेसको महाधिवेशनमा मतदानमा सहभागी भएको पोल खुलेको हो ।
यसरी विदेशी नागरिकले महाधिवेशनमा मतदान गरेको भन्दै काग्रेस महाधिवेशनलाई अवैध ठहराउन माग गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected