अमेरिका– अमेरिकाको क्यालिफोर्नियामा कोरोनाको नया भेरियन्ट ओमिक्रोनको बढदो प्रभावलाई ध्यानमा राखेर अनिवार्य रुपमा मास्क लगाउने नियम लागु हुदैछ ।
क्यालिफोर्निया सरकारले कोरोना संक्रमण बढदै गएपछि पुन ः मास्क अनिवार्य लगाउने नियम लागु गर्न लागेको हो ।
क्यालिफोर्नियाका गर्भनर गेभिन न्युजमले अनिवार्य मास्क लगाउने नियम भोली बुधबार देखि जनवरी १५ सम्म लागु गरिएको बताएका छन् ।
अमेरिकामा क्रिसमस पर्व नजिक आउदै गर्दा विदाको समय सुरु हुन्छ । मानिसहरुको चहलपहल बढने भएकाले कोरोना भाइरस बढन सक्ने भन्दै नियममा कडाइ गरिएको हो ।
क्यालिफोर्नियामा पछिल्लो साता कोरोना संक्रमणको दर ४७ प्रतिशतले बृद्धि भएको हो । संक्रमण दर बढदै गएपछि क्यालिफोर्नियाको सरकारी प्रशासनले नियममा कडाई गदै यस्तो नियम लागु गरेको हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected