अमेरिका सिमामा आएर एसाइलम खोज्ने कागजबिहीनलाई पुनः मेक्सिको पठाइने
अमेरिका– अमेरिकाको सिमामा आएर एसाइलम खोज्ने कागजबिहीन आप्रवासीलाई मेक्सिनको फिर्ता पठाउने निति विरुद्धको वाइडेन प्रशासनको अपिल अदालतले खारेज गरिदिएको छ ।
तत्कालिन ट्रम्प प्रशासनले लागु गरेको निति माथि बाइडेन प्रशासनले अदालतलमा गरेको पुनरावेदन सोमबार राती अदालतले खारेज गरेको हो । अदालतले तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पको नितिको पक्षमा फैसला गरेको छ ।
अब अमेरिकी सिमामा आएर एसाइलम खोज्ने कागजपत्र बिहीन आप्रवासीहरु अदालती प्रकृया सम्म मेक्सिको फिर्ता हुनेछन् । २०१९ मा तत्कालिन ट्रम्प प्रशासनले यो नियम कडाइका साथ लागु गरेका थिए । जो बाइडेनल राष्ट्रपति भए लगत्तै यो निति विरुद्ध कार्यकारी आदेश जारी गरेका थिए । तर अहिले फेरि बाइडेन प्रशासनले निति विरुद्ध गरेको .पुनरावेदन अदालतले विफल बनाइदिएको छ ।
तस्वीर : युएस बेार्डर पेट्रेाल
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...