टेक्सस– मर्दा र पर्दाको सारथीको रुपमा चिनिन्छ नेपाली समाज टेक्सस । अहिले नेपाली समाज टेक्ससको । केवल डयालस फोटवर्थ क्षेत्रको मात्र नभइ टेक्सस राज्यभरि छरिएर रहेका नेपालीहरुको हकहितमा काम गदै आएको आम नेपालीको छाता संस्था हो नेपाली समाज टेक्सस । सन १९९८ देखि निरन्तर नेपाली समुदायको हितमा क्रियासिल संस्थाको यही डिसेम्बर २६ देखि  दुइ वर्षका लागी नया  कार्यसमिति चयन हुदैछ । यस अघि अध्यक्ष सहित सहमतिमै नया कार्यसमिति चयन हुदै आएकोमा यसपटक निर्वाचन हुने संभावना देखिएको छ ।
साधारण सदस्य र आजीवन सदस्यका लागी बुधबार आज सदस्यता लिने अन्तिम दिन हो ।
सबैले सदस्यता लिएर संस्थालाई बलियो बनाउने आफनो ठाउ“बाट सदस्यता लिनु होला’ नेपाली समाज टेक्ससका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बाग्ललेले आग्रह गरेका छन् ।
नया कार्यसमितिका लागी राजेन्द्र वाग्ले अध्यक्षका प्रत्याशी हुन । उनी ड्याल फोटवर्थ भन्दा टाढा सेरमनमा बसेर नेपाली समाज टेक्ससमा सक्रिय छन् । उनी हरेक एक देखि डेढ घन्टाको ड्राइभिङ गरेर नेपाली समाज टेक्ससलाई योगदान पुराइरहेका छन् । यस अघि युलेश सिटी काउन्सिलमा टिका पौडेल जिताउने देखि नेपाली समाज टेक्ससको हरेक सामाजिक गतिविधीमा ड्यालस फोटवर्थ क्षेत्रबाट टाढा रहे पनि उनी सक्रिय देखिन्छन् ।
यस अघिको दुई कार्यकालमा सर्वसम्मत हुदै आए पनि यसपटक अध्यक्षमा अन्य दुई जना पनि प्रत्याशी देखिएका छन् । गैरआवासिय नेपाली संघ टेक्सस च्याप्टरको अध्यक्ष भइसकेका राजेश अर्याल पनि अध्यक्षका प्रत्याशी हुन । उनले सामाजिक संजाल मार्फत उम्मेदवारी घोषणा गरिसकेका छन् ।
दुई जना मात्रै अध्यक्षका प्रत्याशी रहेकोमा आईशा ओझाले पनि अध्यक्षमा लडने घोषणा गरेकी छिन् । उनले सामाजिक संजाल मार्फत अहिलेसम्म नेपाली समाज टेक्ससमा महिला नेतृत्व नरहेकोले आफु अध्यक्षमा लडने बताएकी हुन । यस अघि नेपाली समाज टेक्ससमा सक्रिय आइशा बीचमा चटक्कै छाडेर व्यवसायमा लागेकी थिइन । द मण्डला नामको नृत्य सेन्टर खोलेर क्रोरियोग्राफी गदै आएकी छिन् ।

तर नेपाली टेक्ससमा चुनाव भन्दा पनि सहमतिमै अध्यक्ष चयन हुनु पर्ने जानकारहरु बताउछन । राजनितिक आधारमा सामाजिक संस्थामा प्रतिस्पर्धा हुनु नहुने नेपाली समाजका अगुवाहरुकेा धारणा छ ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected