अमेरिकामा जालजाझी गरि रकम ठग्ने दुई भारतीय युवा जेल चलान

अमेरिकाका– अमेरिकाको न्युजर्सिको सघीय अदालतले जालसाझी गरि रकम ठगेको अभियोगमा दुई भारतीय युवालाई जेल सजाय सुनाएको छ ।
अदालतले २२ वर्षिय जिशान खान र २४ वर्षिय अहमद शम्सीलाई दोषी ठहराउदै २७ महिनाको जेल सजाय सुनाएको हो । उनिहरुमाथि अमेरिकाका १९ जनाले बायर ट्रान्सफरको माध्यमबाट ६ लाख १८ हजार डलर जालजाझी गरी ठगी गरेको आरोप लगाएका थिए ।
बायर ट्रान्सफर , बैक ट्रान्सफर तथा क्रेडित ट्रान्सफर व्यक्ति तथा संस्था मार्फत दोस्रो व्यक्तिलाई इलेक्ट्रोनिक फन्ड पठाउने माध्यम हो । दुवैले आफनो अपराध अदालत समक्ष स्वीकार गरेका छन् । उनिहरुले भारतमा केही कल सेन्टरको उपयोग गरेर अमेरिकी नागरिकलाई निशाना बनाएको खुलेको छ । अटोमेटिक कल मार्फत पीडितहरुसंग सम्पर्क गरेर उनिहरुले ठगी गरेका थिए ।
एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected