रिब्लिकनहरुको पकड रहेको राज्यमा डेमाक्रेटबाट चुनाव लडदै दिनेश शर्मा
टेक्सस–अमेरिकामा बसेपछि अमेरिकाकै राजनिति गर्नुपर्छ भन्ने संस्कारको विकाश नेपाली मुलका अमेरिकनहरुमा भइरहेको छ । मेरिल्यान्ड राज्यका राज्य सांसद हयारी भण्डारीले त्यसको सुरुवात गरेर देखाएका छन् । भण्डारीकै यात्रामा यतिबेला नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सस राज्यबाट पनि राज्य सांसदका लागी नेपाली मुलका दिनेश शर्माले उम्मेदारी घोषणा गरेका छन् ।
रिब्लिकनहरुको पकड मानिने टेक्सस राज्यमा दिनेश शर्माले डेमोक्रेटको तर्फबाट राज्य सांसदमा चुनाव लडदैछन् ।
नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गरेका शर्मा विभिन्न संघ संस्थाम आवद्ध भएर काम गरेका छन् । पेशाले आइटीका आर्किटेक्ट इन्जिनियर रहेका शर्मा चुनौती रहे पनि आफु अहिले चुनावी अभियानको दौडमा रहेको युएसनेपाल पोष्टलाई बताए । उनी आगामी मार्च महिनामा प्राइमेरी चुनाव जिते भने नोभेम्बरमा अन्तिम प्रतिस्पर्धामा उर्तिन पाउनेछन् । उनी चुनावी दौडका क्रममा मतदाताबाट पाएको हौसलाबाट अहिले उत्साही देखिएका छन् ।
शर्मा २१ वर्ष अघि एचवान बी भिषामा अमेरिका आएका थिए । उनको नेपालको घर पुर्वी धरान हो ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...