नेपाल अमेरिका पत्रकार संघ (नेजा) र पोखराका पत्रकारहरुबीच बुधबार पोखरामा भेटघाट भएको छ ।

नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपाने, अमेरिकास्थित पत्रकार विष्णुप्रसाद पौडेल तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, सचिव रामप्रसाद तिमिल्सिनासहित पोखराका वरिष्ठ पत्रकार पुण्य पौडेल र पत्रकारहरु एकराज गिरी, दुर्गाप्रसाद हुमागाईं र केशव शरणबीच भेट वार्ता भएको हो । 

भेटमा अमेरिका पत्रकार संघ (नेजा) र कास्कीका पत्रकारबीच अनुभव आदान प्रदान भयो । अमेरिकाबाट नेपालका पत्रकाहरुलाई गर्न सकिने सहयोगका लागि आफूहरु संस्थागत रुपमै लागि पर्ने नेजाका अध्यक्ष विकासराज न्यौपानेले बताए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected