टेक्सस– नेपाली समाज टेक्ससको कोषाध्यक्ष पदमा युवा सामाजिक अभियन्ता दिनेश न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् ।
उनले एक विज्ञप्ती जारी गदै आगामी २०२२–२०२३ कार्यकालको लागी उम्मेदवारी

घेाषणा गरेका हुन । फाइनेन्नसियल  टास्क  फोर्स कोर्डिनेटर समेत रहेका उनी वर्तमान कार्यसमितिका सदस्य हुन ।
दुई दशक देखि अमेरिकामा रहेर व्यवसायी संगै सामाजिक गतिविधीमा समेत क्रियाशिल न्यौपानेले अझै आफनो नेपाली समाज प्रतिको दायित्वलाई जिम्मेवारीबोध बनाउन कोषाध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् । अहिले उनले नेपाली समाज टेक्ससका लागी उल्लेख्य सदस्य बनाउन समेत सफल भएको बताएका छन् । मैले झण्डै दुई दशक देखि नेपाली समाज टेक्ससमा देखाएको निश्वार्थ सक्रियता र समाजसेवा प्रतिको लगावलाई मध्यनजर राख्दै वर्तमान कार्यसमितिको समर्थन र अनुरोधमा आगामी कार्याकालको निर्वाचनमा कोषाध्यक्ष पदको उम्मेदवारको रुपमा प्रस्तुत भएको हु, न्यौपोनले विज्ञप्ती मार्फत उल्लेख गरेका छन् ।
उनले आगामी दुई वर्ष कार्यकालका लागी अझ नेपाली समाजमा सक्रियता प्रतिवद्धताका लागी सबैलाई सहयोग गरिदिन अनुरोध गरेका छन् ।
युनिभर्सिटी अफ टेक्सस आर्लिंगट बाट एमबिए गरेका न्यौपाने पेशाले कर तथा वित्तिय परामर्शदाता रहेका छन् । चितवनका रैथाने न्यौपाने टेक्ससको युलेशमा सपरिवार बसोबास गदै आएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected