अमेरिका-कोरोनाको ओमिक्रोन भेरियन्टको खतरा बढेपछि अमेरिकाबाट नेपाल जाने यात्रुलाई फेरि सात दिन हेाटल क्वारेन्टाईनमा बस्नु पर्ने नियम लागु भएकेा छ ।

नेपालकेा अध्यागमन विभागले शुक्रवार आज एक विज्ञप्ती जारी अमेरिका सहित ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरेको हो।

फेरि उनीहरुले सात दिनपछि कोरोना परीक्षण गराउनुपर्नेछ। नेगेटिभ रिजल्ट आए सात दिन फेरि घरमै क्वारेन्टिन बस्नुपर्ने छ ।

नतिजा पोजेटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेसन केन्द्र वा अस्पताल पठाइने विभागले जनाएकेा छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected