नेपाली समाज टेक्ससको अध्यक्षमा राजेन्द्र बाग्ललेको उम्मेदवारी
टेक्सस– नेपाली समाज टेक्ससको आगामी कार्यकाल २०२२–२०२३ का लागी अध्यक्षमा राजेन्द्र बाग्लेले उम्मेदवारी घोषणा गरेका छन् ।
वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष रहेका बाग्लले औपचारिक रुपमा विज्ञप्ती जारी गरि आफनो उम्मेदवारी घोषणा गरेका हुन । बाग्लले वरिष्ठ उपाध्यक्ष रहे पनि वर्तमान अध्यक्ष दिनेश शर्मा अमेरिकाको मुलधारे राजनितिमा सक्रिय भएपनि नेपाली समाज टेक्ससको कार्यकारी रुपमा नेतृत्व हाकीरहेका थिए ।
नेपाली समाज टेक्ससमा मैले दुई वर्षमा देखाएको निस्वार्थ सक्रियता र समाजसेवा प्रतिको लगावलाई मध्यनजर राख्दै वर्तमान कार्यसमितिको समर्थन र अनुरोधमा आगामी कार्यकालको निर्वाचनका लागी अध्यक्षको उम्मेदवार घोषणा गरेको हु“, विज्ञप्ती जारी गदै बाग्ललेले भनेका छन् ।
लामो समय देखि अमेरिकाको टेक्ससमा बसाबोस गदै आएका बाग्ललेले नेपालमा महाभुकम्प जादा देखि सहयोग अभियान मार्फत सामाजिक सेवामा सक्रिय हुदै नेपाली समाज टेक्ससमा आफनो सक्रियता देखाउदै आएका थिए ।
यसै गरि टेक्ससमा आपत र विपतामा परेका नेपाली देखि मर्दा र पर्दा सबै खाले अभियानमा बाग्ललेको सक्रियता रहदै आएको छ । आपतमा परेका नेपाली विद्यार्थी देखि कोरोनाकालमा समस्यामा परेका नेपालीहरुलाई सहयोगीको भुमिका समेत बाग्लले निर्वाह गरेका थिए ।
अमेरिकी राजनितिमा नेपालीको पहुच बढाउने अभियानमा समेत उनको संलग्नता रहदै आएको छ । टिका पौडेल जिताउन अभियान देखि अहिले टेक्सस राज्य सांसद दिनेश शर्मा जिताउने अभियानको समेत बाग्लले नेतृत्व गरिरहेका छन् । स्वास्थय शिविर देखि बेबारिसे लासको व्यवस्थापनमा उनको योगदान रहेको छ । ड्यालस फोटवर्ट भन्दा धेरै टाढा टेक्ससको सेरमनमा बसेर पनि नेपाली समाज टेक्ससका लागी सक्रिय योगदान पुराइरहेका छन् । नेपाली समाज टेक्ससको सामाजिक गतिविधीमा सक्रिय हुन उनी सबै काम छाडेर दिनहु डेढ दुई घन्टाको ड्राइभ गरेर आउछन् र नेपाली समाजको हरेक गतिविधीमा हातमालो गर्न अग्रसर हुन्छन् ।
‘यति टाढाबाट म आफनो व्यक्ति फाइदा हेरेर यो संस्थामा आवद्ध हुन आएको हैन’ बाग्लले भने– निस्वार्थ सेवा गरु भनेर संस्थामा लागेको हु । नेपाली समाज टेक्ससमा थप सक्रियका साथ लाग्न मलाई पुनः अर्को वर्ष अध्यक्षको जिम्मेवारी दिएर सहयोग गरिदिन सबैमा अपिल गर्छु ।’
टेक्ससको सेरमनमा आफनै व्यवसाय संचालन गरेर परिवार सहित बाग्ले बसोबास गदै आएका छन् ।