टेक्सस नेपाली समाजमा नेतृत्व लिन यस्तो होडबाजी

टेक्सस– नेपाली समाज टेक्सस (एनएसटी) नेपालीहरुको साझा संस्था मर्दा र पर्दाको सारथी भनिदै आएको छ ।
तर पछिल्लो केही वर्ष यता भने यो समाजभित्र पनि राजनिति हाबी हुन थालेको छ । सामाजिक संस्थामा सहमति र समझदारीमा नेतृत्व लिन पर्नेमा होडबाजी नै चलेको देखियो ।
आईतबार टेक्ससको नेपाली मन्दिर परिसरमा उम्मेदवारीको मनोनयन दर्ता कार्यक्रममा समुह – समुहमा देखिएको होडबाजी पार्टिको निर्वाचन हो कि भन्ने भान हुन्थयो ।
सुरुमा नेपाली समाज टेक्ससको अध्यक्षमा राजेन्द्र बाग्ले, राजेश अर्याल र आईसा ओझाले सामाजिक संजालमार्फत उम्मेदवारी घोषणा गरेका थिए ।
तर आईतबार त्यो एकाएक उल्टियो । राजेश अर्याल मैदान छाडेर हिडे । अध्यक्ष भनिएकी आईसालाई महासचिवको उम्मेदवारमा सहमति गराइयो । राजेश अर्याललको ठाउमा कमल सापकोटालाई अध्यक्षमा उभ्याइयो । उम्मेदवारी दर्ता गर्न आएका राजेश अर्याल बीचमा कार्यक्रम स्थलबाट हिडेका थिए । स्रोतका अनुसार उनको सट्टा कमल सापकोटालाई अगाडी सारिएपछि उनी त्यहाबाट हिडेका थिए ।
केही उम्मेदवार आफनो राजीखुशीले भन्दा पनि अरुले प्यानलको विरुद्धमा खडा गराएका थिए । यो निर्वाचनमा पनि कसले कति सदस्य बनाए त्यसले नै हारजीतको मापन गर्ने स्रोतको दाबी छ ।
उम्मेदवारी दर्ता चलिरहदा सबै पर्ख र हेरको दाउमा थिए । सामाजिक संस्थामा सहमतिमै नेतृत्व चयन हुनुपर्ने थियो, कार्यक्रम स्थलमा एक बुझक्कड भन्द्रै थिए– ‘सामाजिक संस्थामा पनि नेतृत्व लिने होडबाजीमा राजनिति भएको देखियो ।’
उनले भने जस्तै नेपाली समाज टेक्ससको डिसेम्बर २६ मा निर्वाचन हुने पक्का जस्तै भएको छ । निर्वाचनमा वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र बाग्लले र पुर्व वरिष्ठ उपाध्यक्ष कमल सापकोटा बीच अध्यलक्षमा रस्साकस्सी हुने देखिएको छ । अन्य पदमा पनि निर्वाचन हुने देखिएको छ । अघिल्ला दुई कार्यकाल नेपाली समाज टेक्ससको सहमतिमै नेतृत्व चयन भएको थियो । यसपटक भने प्यानल खडा गरेर नेतृत्व लिन हानथाप चलेको छ ।
कमल सापटकोटा र राजेन्द्र बाग्लले समुहले प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । कमल प्यानल र राजेन्द्र प्यानल नै खडा गरेरे चुनावी मैदानमा उर्तिएका छन् ।
१६ पदका लागी ३२ जनाको उम्मेदवारी
नेपाली समाज टेक्ससको आगामी २०२२–२०२३ कार्यकालका लागी १६ वटा विभिन्न पदका लागी ३२ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा राजेन्द्र बाग्ले र कमल सापकोटाको मात्र उम्मेदवारी परेको छ ।
वरिष्ठ उपाध्यक्षमा विवेक कडेल र राजीव रानाभाट, उपाध्यक्षमा जनक भण्डारी र ललितकुमार गुप्ता, महासचिवमा सन्देश उप्रेती, आइसा ओझा र किरण पौडेल, उपमहासचिवमा हरिप्रसाद खनाल र मुकेश यादव तथा कोषाध्यक्षमा दिनेश न्यौपाने र सुदीप ढुंगानाको उम्मेदवारी परेको छ ।
यस्तै सहकोषाध्यक्षमा गोपाल गडतौला र गोविन्द गौतमको उम्मेदवारी परेको छ महिला संयोजककमा गुन्जन अधिकारी र प्रिति काफलेले उम्मेदवारी दिएका छन् । विद्यार्थी संयोजकमा जेनिन पुरी र विवेक पौडेलको उम्मेदवारी दर्ता भएको छ ।