अमेरिका– कोरोनाको डेल्टा भेरियन्ट पछि विश्वभर ओमिक्रोन भेरिन्ट तिव्र रुपमा फैलिन थालेको छ ।
यसको अधिक असर अमेरिकामा पनि देखिन थालेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको तथ्याङक अनुसार अमेरिकामा एक सातामै ओमिक्रोन भेरियन्टको संक्रमण ६ गुना बढेको छ ।
राष्ट्रिय आकडाबाट अघिल्लो साता ६ लाख ५० हजारमा अमेरिकामा ओमिक्रोन भेरियन्ट भेटिएको छ ।
संघीय स्वास्थय अधिकारीले अघिल्लो साता भेटिएको संक्रमणमा ७३ प्रतिशत ओमिक्रोनको संक्रमण भएको बताएका छन् । अमेरिकामा पनि ओमिक्रोन भेरियन्ट फैलिसकेको छ । न्युयोर्कमा ९० प्रतिशत संक्रमितमा यही ओमिक्रोन भेरियन्ट भेटिएको छ । क्रिसमस सुरु भएसंगै जमघट र उत्सवले झनै अमेरिकामा कोरोनाको संक्रमण बढेर गएको छ ।
समाचार अनुसार अमेरिकाको धेरै राज्यमा यतिबेला आइसियुमा बिरामीको चाप बढेको समाचारहरु आइरहेको छ ।
दक्षिण अफ्रिकाबाट फैलिएको यो भेरियन्ट अहिले अमेरिका संगै ९० देशमा पुगीसकेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected