टेक्सस– टेक्ससमा ओमिक्रोन भेरियन्टबाट एक जना संक्रमितको ज्यान गएको छ ।
टेक्ससका स्वास्थय अधिकारीले अमेरिकी संचारमाध्यमलाई यो बारेमा जानकारी दिएको हो । अमेरिकामा ओमिक्रोन भेरियन्टबाट ज्यान गएको यो पहिलो घटना भएको बताइएको छ । टेक्ससको हयारिस काउन्टीका मुत्यु भएका ५० वर्षिय व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन ।
ओमिक्रोनबाट ज्यान गएका यी व्यक्तिले कोरोना विरुद्धको भ्याक्सिन नलगाएको पृष्ठि भएको छ । उनी यस अघि पनि कोरोनाबाट संक्रमण भएर निको भएका थिए । काउन्टीका न्यायधिस लिनाले एक पत्रकार सम्मेलनमा ओमिक्रोनको यो पहिलो मुत्यु भएको घोषणा गरेकी थिइन । उनले सबैलाई भ्याक्सिन लगाउन समेत आग्रह गरेकी छिन् ।
टेक्ससको हयुस्टन सहरमा अवस्थित यो क्षेत्रमा तीन साता अघि ओमिक्रोनको पहिलो संक्रमण भेटिएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected