अमेरिकामा नेपाली मुलका एक मात्र राज्य सांसद भण्डारीले नेपालीकै विषयमा गरे विद्यावारिधी
अमेरिका– नेपाली मुलका एक मात्र अमेरिकी राज्य सांसद हयारी भण्डारीले विद्यावारिधी पिएचडी पुरा गरेका छन् ।
भण्डारीले अमेरिकाका नेपालीहरुकै विषय अमेरिकी नेपालीहरुको राजनितिक सहभागिता तथा भाषीक एकीकरणमा युनिभर्सिटी अफ मेरिल्यान्डबाट विद्यावारिधी गरेका हुन । अमेरिका आएपछि मुल रुपमा अमेरिकाकै राजनिति गर्नुपर्छ भन्ने मान्यता राख्दै आएका भण्डारीले आफनो सोधको विषय पनि अमेरिकी राजनितिमा नेपाली सहभागिता नै राजे । भण्डारीले यस अर्थमा पनि आफनो पिएचडी अरु भन्दा भिन्न रहेको बताएका छन् ।
भण्डारीले मंगबालर दिक्षान्त समारोहमा नेपाली पहिरन दौरा सुरुवाल लगाएर परिवार सहित सहभागीता जनाएका थिए ।
डेमोक्रेट पार्टि मेरिल्यान्ड राज्यको केन्द्रिय सदस्य रहेका भण्डारी मेरिल्यान्ड राज्यबाट राज्य सांसदमा निर्वाचित हुने नेपाली नेपाली अेमरिकन हुन । मेरिल्यान्ड राज्य सांसदको चार वर्षे कार्यकाल पुरा गर्न लागेका भण्डारी पुनः अर्को कार्यकालका लागी पनि राज्य सांसदको उम्मेदवारी घोषणा गरिसकेका छन् । अर्को वर्षको नोभेम्बरमा निर्वाचन हुदैछ ।
नेपालको पर्वतको दुर्गम गाउमा जन्मेका भण्डारी २००५ मा अमेरिका आएका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट अग्रेजी साहित्यमा डिग्री पुरा गरेर अमेरिका आएका थिए । अमेरिका आएपछि पुन माष्टर डिग्री गरेर उनी स्कुल तथा कलेज पढाउन थालेका थिए । उनले विश्व चर्चित जोन हप्किन्स विश्वविद्यालयमा समेत अध्ययन गरेका थिए ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...