टेक्सस– बिगतका वर्षहरुमा झै यस वर्ष पनि गुरुङ समुदायको ठुलो पर्व ल्हेासार यस वर्ष पनि धुमधाम संगै मनाइदैछ । नेपाल संगै प्रवासमा छरिएर रहेका गुरुङ समुदायहरु संगठीत हुदै यो पर्व मनाउदैछन् ।
अमेरिकामा पनि यो पर्व हरेक वर्ष धुमधाम हुदै आएको छ । टेक्ससको डिएफ डब्लु तमु समाजले पनि आउदो जनवरी ८ गते शनिवार युलेसको गोरखा बार एन्ड ग्रिलमा ल्होसार पर्व मनाउन लागेको आयोजक संस्थाका कुमार गुरुङले युएसनेपाल पोष्टलाई जानकारी दिएका छन् ।

तमु भाषा, भेषभुषा, धर्म र संस्कृतिको संरक्षणमा हाम्रो अभियान  भन्ने नाराका साथ तमु ल्होसार मनाउन लागेको हो । यो पर्वमा सबै गुरुङ समुदाय तथा गैर गुरु गुरुङ समुदायका सबै नेपालीहरुलाई सहभागिताका लागी अनुरोध गरिएको छ ।
पुष महिनाको १५ गतेलाई आधार मानेर यो पर्व तमुहरुले मनाउदै आएका छन् । तमु ल्होसारले गुरुङ समुदायको भित्तेपात्रोमा नया सम्वत सुरु भएको संकेत गर्छ । यो पर्वमा गुरुङ समुदायहरु आफनै भेषभुषा र पहिरनमा ठाटिएर रमाइलो गदै मनाउछन् । घाटु सोरठी, संगै कौडा नाच
नाचेर समेत आपसमा रमाइलो गर्छन । तमु समुदायको महान पर्व ल्होसार तयारीमा अमेरिकामा छरिएका गुरुङ समुदाय जुटीसकेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected