टेक्सस– अमेरिकाको टेक्ससमा डरलाग्दो सडक दुर्घटनामा परेर गभीर घाइते भएका नेपाली ५० वर्षिय विष्णु पौडेललाई दैनिक गुजारा चलाउन आर्थिक अभाव भएको छ ।
झण्डै एक वर्ष अघि दुर्घटनामा परेर सख्त घाइते भएका पौडेल हालै मात्र अस्पतालबाट डिस्चार्ज भएका हुन । काम गर्ने अवस्था नभएपछि उनी आर्थिक समस्यामा परेका छन् । दुर्घटनामा परेपछि एउटा हात गुमाएका र एउटा आ“खा समेत राम्रो संग नदेख्ने पौडेलको टाउकोको अधिकांश भाग जलेको छ । शरीरका अन्य भाग पनि धेरै जलेको छ । थुप्रै अप्रेसनहरु भएका छन् । अझै पनि महिना पिच्छे गरिरहनु परेको छ । दुई सवारी आपसमा ठोक्दिा  उनको सवारीमा आगो लागेको थियो । सानएन्जेलो देखि ८ माइल उत्तरको हाइवे २७७ मा उनले हाकेको कार दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा नेपाली महिला अनिता अधिकारीको घटनास्थलमै मुत्यु भएको थियो । ९ महिनाको अस्पताल बसाईपछि उनी अहिले टेक्ससको लवकमा एक्लै बस्दै आएका छन् । अरुले दिएको सहयोगले कोठाको भाडा देखि अन्य खर्च जेनतेन जोहो गदै आएका छन् ।
यस अघि गोफन्डमा उठेको दस हजार डलर पनि सकिन लागेको छ । ग्रिनकार्डको प्रकृयामा रहेका उनले काम पाइहाल्ने अवस्था छैन । काम पाए पनि एउटा हात नभएको र आखामा राम्रो देख्न नसक्ने भएकाले गर्ने अवस्था उनमा छैन । तीन छोरी र श्रीमति नेपालमा रहेकोले उनिहरुका लागी पनि केही गर्न नसकेकोमा उनलाई पछुतो लागेको छ । न मर्न सकियो न बाचेर नि गरि खान सकियो’ पौडेलले दुखेसो गदै भने– ‘जिउदो लास जस्तै भइयो ।

दुर्घटना हुदाकेा फाईल फेाटेा

नेपालमा शिक्षण पेशा अंगालेका पौडेल ६ वर्ष अघि मात्र अमेरिका आएका थिए । उनी दुर्घटना हुदा टेक्ससको एभलिनमा बसोबास गदै आएका थिए । दुर्घटनास्थलबाट नजिकको अस्पतालमा उपचार हुन नसकेपछि उनलाई ६ घन्टा टाढा हेलिकप्टर मार्फत उपचारका लागी टेक्ससको लवक ल्याइएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected