ग्रिस छिर्न खोज्दा सवारी दुर्घटनामा मुत्यु भएका चार नेपालीको पहिचान
अमेरिका– मानव तस्करको जंजालमा परेर टर्की हुदै गैरकानुनी रुपमा ग्रिस छिर्न खोज्दा सवारी दुर्घटनामा परेर ज्यान गएका चार नेपालीको पहिचान भएको छ ।
ग्रिसको राजधानी एथेन्सबाट ५ सय २ किमी पुर्वमा सात जनाको ज्यान गएकोमा चार जना नेपाली भएको पृष्ठि भएको हो ।
मुत्यु हुनेमा रसुवाकी २१ व्र्षिया रमिला घले, कैलालीका ३८ वर्षिय लक्ष्मण सापकोटा , तनहुका ओमबहादुर थापा र दोलखाका ३० वर्षिय राजु लामा रहेका छन् ।
विना लाइसेन्सले चलाएको सवारीमा १५ जना यात्रु सवार थिए । ग्रिस प्रहरीले चेकजाचका क्रममा रोक्न खोज्दा तिब्र गतिको कार पर्खालमा ठोक्किएको थियो । पर्खालमा ठोक्किएपछि कार दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनामा घाइते भई अस्पताल भर्ना भएका कैलालीका लोकराज आचार्य र दोलखाकी मनु लामा केही दिनको उपचारपछि डिस्चार्ज भएका छ्न ।
मानव गिरोहको जालमा परेर नेपाल टर्की हुदै ग्रिस सम्म पुग्दा प्रति व्यक्ति १२ देखि १५ लाख रुपैया सम्म नेपालीहरुले गिरोहलाई बुझाएका थिए ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















