अमेरिका– दुई दिन अघि अमेरिकाको ओहायोस्थित कालोम्बसमा गोली लागेर घाइते भएका ३२ वर्षिय नेपाली भाषी युवाको आइसियुमा उपचार भइरहेको छ । उनको पहिचान भने प्रहरी खुलाएको छैन ।
कोलोम्बिसको उतरमा अवस्थित कारासन रोड सोमबार राती २५ वर्षका सोम प्रसाइले गोली चलाउदा उक्त युवा घाइते भएका थिए । आपसी झगडाका कारण उक्त घटना भएको स्थानिय संचारमाध्यमलाई उद्धृत गदै प्रहरीले जनाएको छ । गोली हान्ने युवक र गोली लाग्ने
व्यक्ति दुबै नजिकका नातेदार रहेको बुझीएको छ । दुबै नेपाली भाषी भुटनिज समुदायका युवा रहेको बताइएको छ । प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको छ । सार्वजनिक भएको एक भिडियोमा गोली लागेका युवा रक्ताम्य भएर ढलेको देखिएको छ । घटनास्थलमा प्रहरी आएर उनलाई अस्पताल पुराएका थिए । घटनाबारे केही बुझन खोज्दा यस बारेमा नजिकका आफन्तले बोल्न अस्वीकार गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected