टेक्ससको नेपाली समाजको अध्यक्षमा राजेन्द्र वाग्ले विजयी
टेक्सस– टेक्ससको सबैभन्दा ठुलो नेपाली समुदायको सामाजिक संस्था नेपाली समाज टेक्सस (एनएसटी) को अध्यक्षमा राजेन्द्र वाग्ले निर्वाचित भएका छन् ।
समाजको वर्तमान वरिष्ठ उपाध्यक्ष रहेका वाग्लले आफनो प्रतिद्धन्द्धी कमल सापकोटालाई पराजीत गदै वाग्ले २०२२–२०२३ कार्यकालका लागी अध्यक्षमा निर्वाचित भएका हुन । वाग्ललेले कुल खसेको मतमा ११२० मत पाएका थिए भने अध्यक्षमा पराजीत सापकोटाले ८६२ मत हासिल गरेका थिए ।
डयालस फोटवर्थबाट झण्डै डेढ घन्टाको सवारी यात्राबाट पुगिने टाढाको दुरी सरमन सिटीमा बस्दै आएका वाग्लले निकै सक्रियता पुर्वक यस अघि पनि नेपाली समाज टेक्ससको समितिमा रहेका गहन भुमिका निर्वाह गदै आएका थिए । अमेरिकामा फैलिएको कोरोना महामारी होस या मर्दा र पर्दा होस उनले आफनो सहयोगी अभियानलाई निरन्तर रुपमा अघि बढाइरहे । नेपाली समुदायले मुलधारको राजनिति गर्नुपर्छ भनेर टेक्सस राज्य सांसदको निर्वाचनमा होमिएका पुर्व दिनेश शर्माको अभियानमा पनि वाग्लले नेतृत्वदायी भुमिका निर्वाह गदै आएका छन् ।
टेक्ससमा नेपाली समुदायको बेबारिसे शबको व्यवस्थापन होस यो मर्दा र पर्दा सबै अभियानमा बाग्लले काम गदै आएका छन् । नेपाली समुदायको सुख र दुखमा हातेमालो गदै आएको छु, जीतपछि वाग्लले भने– आफुले भ्याएसम्म नेपाली समुदायको हितमा पदमा रहदा होस यो नरहदा सदैव क्रियाशिल रहनेछु ।
पेशाले व्यवसाय रहेका वाग्लले नेपालमा हुदा भने कलेजको प्राध्यपापन पेशामा संलग्न रहदै आएका थिए ।
समाजको वरिष्ठ उपाध्यक्षमा विवेक कडेल ले जित हासिल गरेका छन् । उपाध्यक्षमा जनक भण्डारी, त्यस्तै महासचिवमा सन्देश उप्रेति, उपमहाचिवमा हरि खनाल र कोषाध्यक्षमा दिनेश न्यौपाने विजयी भए । त्यस्तै सहकोषाध्यक्षमा गोविन्द गौतम निर्वाचित भए ।
महिला संयोजकमा गुन्जन भण्डारी, युवा तथा विद्यार्थीमा जेनिन पुरी निर्वाचित भए ।
समाजको कार्यसमितिको सदस्यहरुमा महेन्द्र पुन, विजयराज भुषाल, पुण्य पाण्डे, रोविन पाठक, सरोज सिग्देल, बलराम पौडेल र शान्ता कुमारी गिरी निर्वाचित भए ।