अमेरिका– कोरोनाभाइरसको नया भेरियन्ट ओमिक्रोनले अहिले विश्वभर हलचल ल्याएको छ ।
सय भन्दा बढी मुलुकमा फैलिएको यो भेरियन्टबाट अमेरिकामा बालबालिका समेत प्रभावित भएका छन् । ओमिक्रोन भेरियन्ट का कारण अस्प्ताल भर्ना हुने बालबालिकाको संख्या चार गुना बढेको छ
न्युयोर्क स्टेट डिपार्टमेन्ट अफ हेल्थले जारी गरेको एक बयानमा बाल अस्पतालमाहरुमा कोरेाना संक्रमण भई भर्ना हुने बालबालिकाको संख्या चार गुनाले बढेको बताएको हो । यसरी भर्ना हुनेमा आधा जसो बालबालिका पाच वर्ष मुनिका छन् जो कोरोना विरुद्धको भ्याक्सिन लगाउन अयोग्य छन् ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्लो साता दिनमा अमेरिकामा हरेक प्रति १ लाख ९० हजार कोरोनाको नया संक्रमण भेटिएको छ ।
अमेरिकाको टेक्ससमा पनि कोरोना संक्रमण भई अस्पताल भर्ना हुने बालबालिका दुई गुनाले बढेको छ । स्वास्थय अधिकारीहरुका अनुसार ओमिक्रोन फैलिएपछि पाच वर्ष मुनिका बालबालिका अस्पताल भर्ना हुने दर बढ्दो छ । अधिकांश संक्रमित हुने बालबालिकाका मध्ये अधिकांशका अभिभावकले नै कोरोना विरुद्धको भ्याक्सिन लगाएका छैनन ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...