अमेरिका– अमेरिकाको क्लोराडोमा सोमबार राती भएको बन्दुक हमलामा पाच जनाको ज्यान गएको छ ।
घटनामा कयौ घाइते भएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । मर्नेमा बन्दुक आक्रमणकारी पनि रहेको जनाइएको छ । घटनामा घाइते एक जना प्रहरी अधिकारीलाई अस्पताल भर्ना गरिएको छ ।
बन्दुकधारीले कोलोराडोको डेनभर, लेकवुड लगायत सात वटा अलग अलग ठाउमा बन्दुक आक्रमण गरेको प्रहरीले जनाएको छ ।
आक्रमणकारीले सुरुमा डेनभरको फस्ट एभिन्यु तथा ब्रोडवेमा गरेको थियो जहा“ दुई महिलाको मुत्यु भएको थियो भने एक पुरुष घाइते भएका थिए । उक्त घटनापछि विलियक्सि स्ट्रीटमा एक पुरुष माथि गोली प्रहार गरि हत्या गरिएको थियो । पछि आक्रमणकारीको प्रहरीसंग मुडभेड भएको थियो । प्रहरी माथि आत्रमणकारीले गोली चलाएका थिए । लेकवुडबाट पैदल भागेर होटल पुगेका आक्रमणकारीले होटलका कर्लक माथि बन्दुक आत्रमण गरे । पछि आक्रमणकारी मारिए । आक्रमणकारी प्रहरीको गोलीले मारिए या आफनै यसबारेमा अनुसन्धान भइरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected