अमेरिका– कोलोराडो राज्यको बोल्डर काउन्टीमा भएको भिषण आगलागीमा नेपालीको दुई घर समेत आगलागीमा परेको छ ।
नेपाल जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ र अर्का नेपाली झलक सोतीको घर आगलागीबाट पुर्ण रुपमा क्षति भएको हो । घर आगलागीबाट क्षति भए पनि परिवारहरु सबै सुरक्षीत रहेको गैरआवासिय नेपाली संघ एनआरएनए अमेरिकाले एक प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।
आगलागी भएको क्षेत्रमा रहेका नेपालीहरुको अवस्था बुझन र आवश्यक सहयोगका लागी नेपालीहरु संग सम्पर्क भइरहेको एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धी सुवेदद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
उक्त आगलागीमा परेर एक हजार घर, व्यापारिक कम्पलेक्स , होटल र एउटा अस्पतालमा पनि क्षति पुगेको छ । आगलागीका कारण प्रभावित क्षेत्रबाट नजिक रहेका बस्तीमा बिजुली र खानेपानी वितरण प्रणाली समेत प्रभावित भएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected