अमेरिका– नया वर्षको सुरुवात संगै मध्यपश्चिम अमेरिकामा हिमपात संगै चिसो बढेको छ ।
राष्ट्रीय मौसम विभागका अनुसार शनिवारदेखि हिमपात सुरु भएको हो । पश्चिमी मिसिगनको इन्टरस्टेट ९४ मा ६ इन्च दक्षिण हिस्सामा तीन देखि पाच इन्च हिउ परेको बताइन्छ । शिकागोमा पनि शनिवार देखि भारी हिमपातले चिसो बढेको छ । शिकागोको केही भुभागमा दुई देखि पाच इन्च सम्म हिउ परेको छ । शिकागोको विमानस्थलमा हिउले समस्या निम्त्याइरहेको छ ।
नागरिक उडड्यन विभागका अनुसार आईतबार ५ सय भन्दा बढी उडानहरु रद्ध भइसकेका छन् ।
एयरलायन्सहरुले यस अघि नै कोभिड सम्बन्धी कर्मचारी अभावको कारणले गर्दा ढिलाइ र रद्धहरुको सामाना गरिरहेका थिए ।
यसै बीच केन्टुकी राज्यमा आएको भीषण आधी सगै बाढी आएपछि त्यहा“ आपतकालिन स्थिति घोषणा गरेका छन् । आधीबाट केन्टुकी सहित पाच राज्यमा ९० भन्दा अधिक मारिएको समाचार एजेन्सीहरुले उल्लेख गरिरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected