अमेरिका फेरि बन्यो कोरोनाको इपिसेन्टर
अमेरिका–अमेरिका फेरि कोरोना भाइरस संक्रमणको हट स्पट बनेको छ । सोमबारको तथ्याङक अनुसार एकै दिन अमेरिकामा १० लाख मानिस कोरोनाबाट संक्रमित भएका छन् । यो अमेरिकाको अहिलेसम्मको नया रेकर्ड हो ।
अमेरिकामा फेरि कोरोनाभाइरसको सुनामी आएपछि राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला हयारिसले आज महामारीलाई मध्यनजर राख्दै स्वास्थय विज्ञहरुसंग भेटघाट गर्ने तयारी गरिरहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
कोरोनाको बढदो रफतार र यसको रोकथाम कसरी गर्न सकिन्छ भन्ने बारेमा युद्ध स्तरको कार्वाही र कडा कदम चाल्न सक्ने बताईएको छ ।
जो हपिकन्स विश्वविद्यालयका अनुसार अमेरिकामा हरेक ६ जना व्यक्ति मध्ये एक जनामा कोरोना संक्रमण भेटिएको छ ।
यसरी अमेरिकामा फैलिएको कोराना ६० प्रतिशत भन्ँदा अधिक ओमिक्रोन रहेको छ । बाकी डेल्टा भेरियन्ट रहेको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...