भविष्यको खाका कोर्न तल्लिन नेपाली विद्यार्थी गंभीर बिरामी परेपछि आइसियुमा

अमेरिका– अमेरिकाको क्यालिफोर्नियामा बसेर अध्ययन गदै आएका नेपाली विद्यार्थी स्पन्दन खतिवडा मृगौला र कलेजमा खराबी आएर अस्पताल भर्ना भएपछि स्वास्थ उपचारमा समस्या भएको छ ।
उनको स्वास्थ विमा कभरेज भन्दा अधिक खर्च लाग्ने भएकाले बिल लगायतको खर्चका लागी आर्थिक सहयोग चाहिएकोले क्रियटिभ नेपाल युथ अर्गानाइजेसनले गोफन्ड अकाउन्ट संचालन गरेर सहयोग आव्हान गरेको छ ।
सान होजे स्टेट युनिभर्सिटीमा अध्ययनरत खतिवडा गएको दुई हप्ता अघि मृृगौला र फोक्सोमा गभीर संक्रमण भएपछि उनलाई आइसियुमा राखेर उपचार सुरु गरिएको छ ।
बेएरियामा बसोबास गदै आएका खतिवडाको जीवन रक्षाका लागी सबैलाई सहयोग गरिदिन आग्रह गरिएको छ । विद्यार्थीको रुपमा अध्ययन गदै आएका खतिवडाको अध्ययन बिरामी परेपछि रोकिएकोले उनलाई सहयोगको अहिले खाचो रहेको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...