संसारभर राज गरेका अमेरिकाका यी हुन पॅाच ठूला कम्पनीहरु
अमेरिका– संसारभर अमेरिका महाशक्ति शाली राष्ट्र मानिन्छ । यसको पछाडी यहाको बलियो अर्थव्यवस्था नै हो । अमेरिका बलियो हुनुमा यहा“का ठुला कम्पनीहरुको महत्वपुर्ण योगदान रहेको छ ।
हरेक क्षेत्रमा अमेरिकी कम्पनीहरुको बोलबाला रहेको छ । अमेरिकी कम्पनीको कारोबार संसारभर रहेको छ । संसारमै राज गरेका अमेरिकाका यी हुन पाच कम्पनीहरु
१, एप्पल– संसारभर सबैभन्दा बढी एप्पल कम्पनीकै मोबाइल प्रयोग गरेको पाइन्छ । अमेरिकामा रहेको यो एप्पल कम्पनी संसारभर प्रसिद्ध छ । यो अमेरिकाको सबैभन्दा ठुलो कम्पनी मध्ये एक हो । एप्पल कम्पनीको स्थापना अप्रिल १ १९७६ मा भएको हो ।
एप्पल मोवाइल फोन मार्केटको बादशाह कहलिन्छ । २०२० नोभेम्बरको एक तथ्याङक अनुसार एप्पलको मार्केट क्याप २ दशमलव ६२ ट्रिलियन डलर रहेको छ । यसको श्रेय स्टीव जब्सलाई जान्छ । एप्पल कम्पनीमा १ लाख ४७ हजार भन्दा बढी कर्मचारी कार्यरत छन् ।
२, माइक्रोसफ्ट– माइक्रोसफ्ट संसारकै सबैभन्दा ठुलो सफटवेयर कम्पनी हो । माइक्रोसफट अमेरिकी शेयर बजारमा सबैभन्दा बढी कारोबार गर्ने कम्पनी हो । २०२० नोभेम्बरको एक तथ्याङक अनुसार अमेरिकी शेयर बजारमा यसको मार्केट क्याप २.५७ ट्रिलियन डलर रहेको थियो । यो कम्पनीको सुरुवात एउटा विन्डो सफटबेयरको रुपमा भएको थियो । आज संसारभर यो आफनो सफटवेयरको रुपमा चिनिन्छ । कम्पनीमा १ लाख ८२ हजार भन्दा बढी कर्मचारी कार्यरत छन् । यसको स्थापना बिल गेटसले अप्रिल ४ १९७५ मा गरेका थिए ।
३, गुगल– गुगल एउटा अमेरिकी कम्पनी हो । यसको हेडक्वाटर अमेरिकाको क्यालिफोर्नियामा अवस्थित छ । यसको स्थापना १९९८ मा भएको हो । अहिले गुगलमा १ लाख ३९ हजार भन्दा बढी कर्मचारी काम गर्छन । यो कम्पनीको मार्केट क्याप १ दशमलव ९४ ट्रिलियन डलर छ । यसले इन्टरनेटमा आधारित सेवाहरु विकसित गदै आएको छ । ससारभर फैलिएको गुगलले आफनो डाटा केन्द्रबाट १० लाख भन्दा बढी सर्वर चलाउने गरेको छ । यसले १० अर्ब भन्दा बढी खोज, अनुरोध तथा पेटाबाइट उपभोक्ता सम्बन्धी डेटा स्टोरेज गर्ने गरेको छ ।
४, अमेजन– यो अमेरिकी बहुराष्ट्रीय कम्पनी हो । यो विश्वमा सबै इ–कर्मश कम्पनीशरुमा नम्बर एक मा रहेको छ । यो एउटा अनलाइन स्टोर हो । यसबाट जसले पनि आफनो सामान बेच्न सक्छ र जसले पनि खरिद गर्न सक्छ । अमेजनको मार्केट क्याप १ दशमवल ८०६ ट्रिलियन डलर रहेको छ । यो कम्पनीको सुरुवात अनलाइन किताब बिक्रीबाट भएको थियो । आज कम्पनीले हरेक सामान विश्वभर विक्री गरिरहेको छ । यो कम्पनीको सस्थापक जेफ वेजोस हुन । अमेजनमा ८ लाख भन्दा बढी कर्मचारी छन् । यो १९९४ मा स्थापना भएको हो ।
५, टेस्ला– टेस्लाको मुख्यालय क्यालिफोर्नियामा रहेको छ । एलन मस्क टेस्ला कम्पनीका सिइओ हुन । टेस्लाको मार्केट क्याप १ दशमवल १४१ ट्रिलियन डलर रहेको छ । टेस्लाले सन् २०२१ सम्म आइपुग्दा आफनो बजार शानदार रुपमा माथि उठाएको छ । यो अमेरिकाको उत्कृष्ठ पाच कम्पनीमा सामेल भएको छ ।
एजेन्सीहरुकेा सहयेागमा