अमेरिका– अमेरिकाको सेनामा कोरोनाभाइरस भन्दा आत्महत्याको कारण मुत्यु हुने दर बढीरहेको छ ।
गत वर्षको तेस्रो तीन महिनाको तथ्याङक हेर्दा समेत आत्महत्या गरेका सेनाको तथ्याङले अहिलेसम्म कोरोनाभाइरसबाट मर्ने सेनाको संख्यालाई पछाडी पारिदिएको छ ।
गत जुलाई देखि सेप्टेम्बर २०२१ सम्म १६३ जना अमेरिकी सेनाले आत्महत्या गरेको तथ्याङक छ । यिनमा ७० जना एक्टीभ सर्भिस, ५६ जना रिजर्भ फोर्स तथा ३७ जना नेशनल गार्डका जवान रहेका छन् । जबकी कोरोनाबाट अहिलेसम्म ८६ जना अमेरिकी सेनाको मुत्यु भएको छ ।
फक्स न्युजले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको स्रोत उल्लेख गदै अमेरिकी सेनाको आत्महत्याको संख्या बढेको देखाएको हो ।
अमेरिकामा कोरोनाबाट ज्यान गुमाउने अमेरिकी सेनाको संख्या जनवरी ८ सम्म ८६ जना मात्र देखिन्छ । तथ्याङक अनुसार गत वर्ष २०२१ म आत्महत्या गर्ने अमेरिकी सेनाको सख्या ६३९ पुगेको छ । पेन्टागनको तथ्याङक अनुसार २०२० मा अमेरिकी सेनाका ७०१ आत्महत्या गरेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected