अमेरिका–अमेरिकाको न्युयोर्कको ब्रोक्सको एउटा विशाल अर्पाटमेन्ट भवनमा
आगलागी हुदा ९ बालिका सहित १९ जनाको ज्यान गएको छ । आज दिउसो भएको आगलागीमा दर्जनौ गंभीर घाइते रहेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । आगलागी के कारणले भएको हो भन्ने बारेमा भने केही खुलेको छैन ।
आगलागी भएको अर्पाटेमन्ट क्षेत्रमा अग्निनियन्त्रकहरु खटिएर आगलागीमा फसेकाहरुलाई उद्धार गरेका छन् । घटनामा ६३ जना घाइते भएका मध्ये ३२ जनाको अवस्था गंभीर रहेको बताइएको छ । घाइतेहरु सबैको अस्पतालमा उपचार भइरहेको छ । न्युयोर्कका मेयर एरिक एडम्सले आगलागी ज्यादै खराब र पीडितहरु ज्यान गुमाउनु परेको दुख्द क्षण रहेको बताएका छन् ।
आगलागी पीडित अधिकांश गभीर धुवाबाट ग्रस्त भएका छ्न । आगलागीमा परेकाहरुमा अधिकांशमा हदयघात र श्वासप्रश्वासको समस्या देखिएको अग्निनियन्त्रहरुले उद्धारका क्रममा फेला पारेका थिए । प्रत्यक्षदर्शिका अनुसार अर्पामेन्टको दोस्रो तथा तेस्रो तलाबाट आगलागी सुरु भएको थियो ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...