विस्कन्सनको समुन्द्रमा जमेको हिउको ढिस्का फुटेपछि फसेका २७ जनाको उद्धार
अमेरिका– अमेरिकाको विस्किन्सन ग्रिन बेको समुन्द्रमा जमेको हिउको ढिस्को फुटेपछि फसेका २७ जनाको उद्धार गरिएको छ ।
प्रहरीले रेस्कियु डुंगाबाट दुई घन्टा लगाएर सबैलाई सुरक्षीत बाहिर निकालेको हो । उद्धार गरिएका कसैलाई पनि चोटपटक लागेको छैन ।
समुन्द्र तटबाट डेढ किलोमिटर टाढा फुटेको हिउको ठुलो ढिस्को पुगेको थियो । समुन्द्रमा जमेको हिउमा खेल्न पुगेका सर्वसाधारण अकस्मात हिउको एउटा बिशाल हिस्सा फुटेर जमीनबाट अलग भएको थियो । पानीको तिव्र लहरका कारण हिउको ढिस्कोम फसेकाहरु समुन्द्रको छेउबाट झन्डै एक माइल टाढा पुगेका थिए । हिउमा फसेकाहरुलाई देखेपछि समुन्द्र छेउमा रहेका अन्य प्रत्यक्षदर्शिले प्रहरीलाई खबर गरेका थिए ।
एउटा मालबहाक जहाज उक्त इलाकाबाट सामान लिएर निस्केपछि नै जमेको समुन्द्रको हिउ किनारबाट अलग भएर समुन्द्र भित्र जान लागेको थियो । यो क्षेत्रमा सर्वसाधारण हिउ खेल्न र माछा समात्न जाने गरेका छन् । हिउ समुन्द्र किनारबाट अलग भइ बग्न थालेपछि सवैसाधारण त्रासले गुहार मागेका थिए ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...