उत्तर क्यालिफोर्नियमा बिहीबार राती भएको गोलाबारीमा चार जनाको ज्यान गएको छ ।
हलोइन पार्टि मनाउने क्रममा भएको उक्त गोलबारीमा आधा दर्जन घाइते भएको समाचार एजेन्सीहरुले जनाएका छन् । पार्टिमा होहल्ला भएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
ओरिंडा क्षेत्रमा भएको गोलबारीमाको घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा के कति हताहती भयो भन्ने बारेमा बिस्तृत जानकारी आएको छैन । घाइतेहरुलाई प्रहरीले एम्बुलेन्समा राखेर अस्पताल पु¥याएको थियो । घटना एउटा भाडाको घरमा भएको हलोइन पार्टिमा भएको हो । पार्टिमा सय जना भन्दा बढी सहभागी थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected