अमेरिका– कोरोनाभाइरसको सुनामी लगात्तार बढदै गएपछि कोरोना भ्याक्सिन बनाउने अमेरिकी कम्पनी फाइजरले एउटा महत्वुर्ण घोषणा गरेको छ ।
ओमिक्रोनको बढदो प्रभावलाई ध्यानमा राखेर फाइजर तथा सहयोगी बायोएनटेकले आउदो मार्च महिना सम्म नया भ्याक्सिन लन्च गर्ने घोषणा गरेको हो । कम्पनीका अनुसार यो नया भ्याक्सिन ओमिक्रोन भेरियन्टलाई पुर्ण नियन्त्रण गर्नेछ ।
फाइजर कम्पनीका प्रमुख कार्यकारी एल्बर्ट बोर्लाले यो नया भ्याक्सिन ओमिक्रोन नियन्त्रणमा प्रभावकारी हुने बताएका छन् । उनका अनुसार यो वर्षको मार्च महिनासम्म यो भ्याक्सिन लन्च हुनेछ । उनले जेपी मर्गनको सालाना हेल्थ केयरको सम्मेलनमा यो घोषणा गरेका थिए ।
अमेरिकामा महामारी सुरु भएपछि कोरोना भाइरस संक्रमणको रेकर्ड तोडिएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...