अमेरिका– विश्वमा पहिलो पटक अमेरिकामा मानव शरीरमा सु“गुरको मुटु प्रत्यारोपण गरिएको छ ।
सुगुरको मुटु प्रत्यारोपण गर्ने विश्वकै पहिलो व्यक्ति अमेरिकाका ५७ वर्षिय पुरुष डेभिड बेनेट भएका छन् । गत शुक्रबार गरिएको यो प्रत्यारोपण भएपनि हिजो सोमबार मात्रै मेरिल्यान्ड मेडिकल स्कुलले जानकारी दिएको हो । बाल्टीमोरको युनिभर्सिटी अफ मेरिल्यान्डका सर्जन डाक्टरहरुले पहिलो पटक सुगुरको मुटु मान्छेमा प्रत्यारोपण गरेका हुन ।
यो प्रत्यारोपणलाई डेभडिको जीवन बचाउने अन्तिम आशाको रुपमा लिइएको छ । तर उनी लामो समय बाच्ने सक्ने संभावना के कति छ त्यो भने स्पष्ट छैन । उनी शल्याक्रिया अघि ६ साता ओछयानमा उपकरणजडीत भएर बसेका थिए । मुटु प्रत्यारोपण भएपछि अहिले उनी बाच्ने आशा राखेका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...