अमेरिका– वैज्ञानिकहरुले एउटा अध्ययनबाट नया कुरा पत्ता लगाएका छन् । लामो समय सम्म प्रदुषित बायुको सम्पर्कबाट कोभिड–१९ को खतरा बढने गरेको छ ।
यो सम्बन्धी अध्ययन अकुपेनल एन्ड इन्भाइरोमेन्टल मेडिसन पत्रिकामा प्रकाशित भएको हो । कोरोनाको संक्रमणदर ५ प्रतिशतको बृद्धि संग यो अध्ययन सम्बन्धीत रहेको छ ।
उत्तरी इटलीको एउटा सहरका बासिन्दा संग सम्बन्धीत रहेर यो अध्ययन गरिएको हो । अध्ययनकर्ताका अनुसार लामो समय सम्म प्रदुषित बायुको सम्पर्कले मान्छेको प्रतिरक्षा प्रणाली कमजोर हुने समस्या आउछ र यसले श्वास तथा मुटु सम्बन्धी बिमारीको खतरा समेत बढछ । यो परिस्थितिमा कोरोना संक्रमणको खतरा पनि बढेर जान्छ । शोधकर्ताले बायु प्रदुषणलाई कोरोना संक्रमणको एउटा जोखिम कारकको रुपमा सामेल गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected