अमेरिका– अमेरिकाको भर्जिनिया निवासी संगीता ढुंगाना बिगत दुई महिना देखि मस्तिष्क रक्तश्राव भइ अस्पतालमा उपचार गराउदै आएकी छिन् ।
भर्जिनियाको फेयर फ्याक्स मेडिकल सेन्टरको सघन उपचार कक्षमा उनको उपचार भइरहेको छ । जीवन र मरणको दोसाधमा रहेकी संगीताको जीवन रक्षाका लागी आर्थिक सहयोग जुटाउन पति प्रेमचन्द्र ढुंगानाले गोफन्ड मार्फत सबैसंग आग्रह गरेका छन् ।
श्रीमान प्रेमचन्द्रको पनि श्रीमति बिरामी परेपछि जागीर गुमेको छ । इन्सुरेन्स पनि उनिहरुको छैन । गृहणी रहेकी संगीता अचानक किचेनमा बेहोस भएर लडेपछि उनको मस्तिष्कघात भएको हो । अहिले ठंद्धज्ञण्
रकठिन अवस्थामा गुज्रिरहेकी उनलाई आर्थिक सहयोग खाचो रहेको सबैलाई सहयोग गरिदिन आग्रह गरिएको छ । संगीता ढुंगानाको शिघ्र स्वास्थय लाभको कामना गदै सबैले सकेको सहयोग गरिदिन हामी पनि आग्रह गर्दछौ

https://gofund.me/09066ab9

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected