भर्जिनियाको अस्पतालमा दुई महिनादेखि मुत्युसंग लडीरहेकी संगीताको दुख्द निधन
अमेरिका– दुई महिना देखि ब्रेन हयामरेज भएर अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेकी भर्जिनिया निवासी संगीता ढुंगानाको मंगलबार राती दुख्द निधन भएको छ ।
बिरामी ढुंगानालाई चिकित्सकले मंगलबार राती मृत घोषित गरेको भर्जिनियाबाट पत्रकार गुणराज लुईटेलले जानकारी दिएका छन् । टाउनको र दिमागमा उच्च रक्तश्राव भएर अपरेशन असफल भएपछि उनको निधन भएको हो । उनको यस अघि चार पटक मस्तिषकको अपरेशन भएको थियो ।
भर्जिनियाको फेयर फयाक्सको इनोभा अस्पतालमा उनको उपचार भइरहेको थियो ।
घरको किचेनमा अचानक बेहोस भएर लडेपछि संगीतालाई ब्रेन हयामरेज भएको थियो । उनको जीवन रक्षाका लागी आर्थिक सहयोग जुटाउन गोफन्ड अभियान पनि संचालन भएको थियो । तर चिकित्सकको लामो प्रयासका बाबजुत पनि संगीताको जीवन बच्न सकेन ।
कठमान्डौ निवासी संगीताका श्रीमान, एक छोरा र छोरी रहेका छन । मृतक सृजना प्रति हार्दिक श्रदासुमन अर्पण परिवारजनमा युएसनेपाल पोष्ट समवेदना प्रकट गर्दछ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...