अमेरिका– अमेरिकी सरकारले आउदो बुधबार देखि अमेरिकी जनतालाई निशुल्क रुपमा कोरोना परीक्षण सामग्री उपलब्ध गराउने भएको छ
कोरोना परीक्षण सहज रुपमा घरमै बसेर गर्न सकियोस भनेर कोरोना परीक्षण सामग्री घरमै पठाउने व्यवस्था गर्न लागेको हो ।
अमेरिकी सरकारको वेभसाइटमा गएर निशुल्क रुपमा कोरोना परीक्षण सामग्री मगाउन सकिनेछ । यसका लागी कुनै पनि खर्च अमेरिकी जनताले तिर्नुपर्ने छैन ।
प्रत्येक घरमामा कम्तिमा चार वटा सम्म कोरोना परीक्षण सामग्री पठाइने सरकारी अधिकारीहरुले बताएका छन् । अनलाइन मार्फत मगाइने परीक्षण सामग्री ७ देखि १२ दिनमा घरघरमा आइपुग्नेछ ।
अमेरिकामा कोरोनाले हालत बिग्रीएपछि अमेरिकी राष्टपति जो बाइडेनले यस अघि सबै अमेरिकनहरुलाई उच्च गुणस्तीय मास्क समेत निशुल्क उपलब्ध गराउने घोषणा गरेका थिए ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...