टेक्सस– टेक्ससको नेपाली समुदायको छाता संगठन नेपाली समाज टेक्ससको नया कार्यसमिति २०२२÷२०२३ को शनिवार पदभार हस्तान्तरण र शपथ ग्रहण सम्पन्न भएको छ ।
अध्यक्षमा निर्वाचित राजेन्द्र वाग्ले सहित समितिका पदाधिकारीहरुलाई निर्वाचन कमिटीका प्रमुख डा प्रेम अधिकारीले पद तथा गोपिनियताको शपथ गराएका थिए । पदभार ग्रहण कार्यक्रममा अध्यक्ष राजेन्द्र बाग्लले दुई वर्षको आफनो कार्यकालमा टेक्ससबासी नेपाली समुदायको हितमा काम गर्ने वाचा गरे । उनले सबै नेपालीलाई एकजुट बनाएर मर्दा र पर्दामा सहयोग गर्ने बचनवद्धता प्रकट गरे ।
कार्यक्रमा अतिथीको रुपमा बाल्टीमोर देखि आएका अवैतनिक महावाणिज्यदुत प्रेमराजा महतले पनि नया कार्यसमितिले नेपाली समाजलाई संगठीत गरेर लैजान सुझाव दिएका थिए । टेक्सस राज्यकी राज्य सांसद टेरी मेजाले समेत कार्यक्रममा शुभकामना दिएकी थिइन ।


कार्यक्रममा समाजका निर्वतमान अध्यक्ष दिनेश शर्माले बिगतमा आफुले गरेका काम र नया समितिलाई आफुले सक्दो सहयोग गर्ने बताएका थिए । कार्यक्रममा विजयराज भट्टराई, भानु खरेल, डा नन्द रेग्मी, डा निर्मला रेग्मी, मिलन पौडेल महेश नेपाल र भिम कार्कीले समेत नया कार्यसमितिलाई बधाई दिएका थिए ।

अध्यक्ष वाग्लले प्रत्याशी कमल सापकोटालाई पराजीत गदै अध्यक्षमा निर्वाचित भएका थिए।
समितिको वरिष्ठ उपाध्यक्ष विवेक कडेल, उपाध्यक्ष जनक भण्डारी, महासचिव सन्देश उप्रेती, सचिव हरिप्रसाद खनाल र कोषाध्यक्षमा दिनेश न्यौपाने र सहकोषाध्यक्षमा दिनेश न्यौपाने निर्र्वाचित भएका थिए । त्यस्तै महिला संयोजककमा गुन्जन भण्डारी, युवा संयोजकमा जेनिन पुरी निर्वाचित भएका थिए ।
समितिको सदस्यहरुमा विजयराज भुषाल, रविन पाठक, शान्त गिरी, बलराम पौडेल पुन्य पाण्डे, सरोज सिग्देल र महेन्द्र पुन ले जित हासिल गरेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected