अमेरिका– यात्रुले मास्क लगाउन नमानेपछि अमेरिकाको मियामीबाट लन्डनका लागी उडेको अमेरिकन एयरलायन्सको विमान पुन मियामी फर्केको छ ।
उडान भरेको केही समयपछि आकाशबाटै विमान डार्भट भएर बुधबार मियामी अन्तराष्ट्रिय विमानस्थल फर्केको हो । विमानमा १२९ जना यात्रु सवार रहेका थिए ।
प्रहरीले भने ति मास्क लगाउन नमान्ने ४० वर्षिय महिलालाई पक्राउ भने नगरिएको बताएको छ । उनलाई अमेरिकन एयरलायन्सले आफनो उडानमा चढन भने प्रतिबन्ध लगाएको छ ।
कोरोना संक्रमण बढेपछि हवाई उडानमा मास्क अनिवार्य गरिएको छ । तर पनि कतिपय यात्रुले अटेरी गर्दा समस्या उत्पन्न भइरहेको छ ।
पछिल्लो समय हवाई यात्रका क्रममा एयरलायन्स कर्मचारीहरुले यात्रुरुका हिंसात्मक व्यवहारका कारण उडानहरु अवरुद्ध हुदै गएको संघीय उडडयन प्रशासनले जनाएको छ । यसै महिना यात्रुहरुका १५१ घटनाहरु सार्वजनिक भएका छन् । जसमा मास्कसंग सम्बन्धीत ९२ घटनाहरु रहेको संघीय उडडन प्रशासनले जनाएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected